चैत्र १७, म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा सिँचाइ आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले उपभोक्ता समितिमार्फत सिँचाइ आयोजना निर्माण गर्न लागेको हो । गत आवमा मुहानमा पानी सङ्कलन गर्ने ट्याङ्की, नहर र पाइप लाइन निर्माण भएको आयोजनालाई यसपालि नहर बनाएर पूर्णता दिन लागिएको उपभोक्ता समितिका सदस्य मोहन कार्कीले बताउनुभयो ।
गत वर्ष रु २१ लाख खर्च भएको आयोजनाका लागि चालु आवमा रु २५ लाख विनियोजन भएको छ । यस वर्ष ४०० मिटर नहर निर्माण गर्ने सम्झौता भएकामा ३०० मिटरभन्दा बढी निर्माण गरिसकेको सदस्य कार्कीले बताउनुभयो । तीस सेन्टिमिटर उचाइ र ३० सेन्टिमिटर चौडाइ भएको पक्की नहर निर्माण गर्न लागिएको हो । गत वर्ष २८५ मिटर नहरसमेत निर्माण भएको थियो । आगामी असारमा सक्ने सम्झौता भए पनि स्थानीय उपभोक्ता र मजदुरको सक्रियताका कारण नहर निर्माणको काम धमाधम गरिएको सदस्य कार्कीले बताउनुभयो ।
आयोजना निर्माण भएपछि पिप्लेका करिब डेढ सय घरधुरी कृषकको ४०० रोपनी जग्गामा सिँचाइ सुविधा पुग्ने उपभोक्ता समितिले जनाएको छ । टाढाको मुहानबाट पाइपमा पानी ल्याउँदा लगानी बढी पर्ने र कच्ची नहरमा चुहावट हुने समस्या थियो । नयाँ सिँचाइ आयोजना निर्माण भएपछि सिँचाइ गर्न सहज र कृषि उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )