चैत १५, जलजला-३ स्थित मल्लाज कोट भगबति मन्दिरको धर्मशाला (सत्तल)को सिल्यान्यास गरिएको छ । जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्लले एक कार्यक्रम बीच सत्तलको सिलान्यास गर्नुभएको हो ।साथै नयाँबर्ष बिक्रम सम्बत २०७८ को अवसरमा शुभकामना आदान प्रदान समेत सम्पन्न भएको छ ।
माझफाँट, लेकफाँट, बाँसखार्क, सालिजा, धाइरिंग क्षेत्र समेतको साझा शक्ति पीठको रुपमा मल्लाज भगबती कोट मन्दिर परिचित छ । धार्मिक एेतिहासिक र प्राकृतिक महत्वले भरिपुर्ण यो क्षेत्रको मन्दिर केहि वर्ष पहिला पुनर्निर्माण गरिएको छ । सत्तल निर्माण भएपछी श्रद्दालु भक्तजन लगायतलाई बस्न र अन्य कार्यकालागी सहयोग पुग्नेछ। गाउँपालिकाले बिनियोजन गरेको ५ लाख रुपियाको बजेटमा सत्तल निर्माण हुने बताइएकोछ ।
कार्यक्रम मल्लाज भगबती कोट पुजा संचालक समितिका अध्यक्ष डम्बर बहादुर घर्तिक्षेत्रिको अध्यक्षता, जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा कोत पुजाका सल्लाहकार लालबहादुर अधिकारी जलजला ३ का कार्यबाहक अध्यक्ष शशी शर्मा सल्लाहकार क्या टेक बहादुर जि सि सल्लाहकार थलबहादुर घर्ती क्षत्री, नेपाली काँग्रेस गण्डकी प्रदेश का सचिव कमल अधिकारीले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
त्यसैगरी कार्यक्रममा जलजला गाउँपालिका वडा नं ३ का कार्यबाहक अध्यक्ष शशी शर्माले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।सिलान्यास तथा शुभकामना कार्यक्रम पण्डित मेघनाथ पौडेलको स्वागत तथा समितिका सचिव नबिन जिसीको संचालनमा सम्पन्न भएको हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )