नेपाल पत्रकार महासंघको निर्वाचनमा पत्रकार सम्वद्ध ११ संगठनबीच गठबन्धन हुने भएको छ । काँग्रेस निकट प्रेस युनियनले महासंघको अध्यक्ष पाउने गरी शुक्रबार गठबन्धन निर्माणको सहमतिमा हस्ताक्षर भएको हो । काँग्रेस निकट प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस सेन्टर, एमालेको माधव नेपाल पक्षधर प्रेस चौतारी, जनमोर्चा निकट प्रगतिशील पत्रकार संघ, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीनिकट क्रान्तिकारी पत्रकार महासंघ लगायत ११ संगठनबीच चुनावी सहकार्यका लागि लिखित सहमति भएको हो ।
सहमति पत्रमा केपी ओलीको प्रतिगामी कदमविरुद्ध सहकार्यको निर्णय भएको उल्लेख छ । ‘महासंघको आसन्न निर्वाचनलाई प्रतिगामी कदमविरुद्ध स्पष्ट सन्देश दिने गरी सम्पूर्ण व्यवसायिक पत्रकारहरुबीच बृहत्तर एकता कायम गरी अगाडि बढ्न प्रेस युनियनको नेतृत्वमा आपसी सझदारी एवं एकता गर्ने प्रतिबद्धता व्यक्त गर्दछौ’, साझा प्रतिबद्धतामा भनिएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )