चैत १३, चितवनमा उत्पादन हुने तरकारीमा अत्याधिक विषादी प्रयोग भएको पाइएको छ । कालिमाटी र महानगर फलफूल तथा तरकारी थोक बजारमा गरिएको परीक्षणमा अत्यधिक विषादी भेटिएपछि किसानलाई सचेत बनाउन सचेतना कार्यक्रम सुरु गरिएको छ ।
चितवनका किसानले उत्पादन गरेको तरकारी परीक्षण गर्दा अत्यधिक विषादीको मात्रा भेटिएपछि खेतबारीमा पुगेर किसानलाई बिषादीबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिनुभयो । देशकै ठूलो तरबारी बजार कालीमाटीमा सबै भन्दा बढी तरकारी चितवनबाट आउने गर्छ । काठमाडौँ मात्रै नभई देशका अन्य भुभाग पोखरा बाग्लुंग र म्याग्दी समेत चितवनको तरकारी बजार हो ।
अत्याध्यिक विषादी प्रयोग भएको पाइएपछि चितवन र तराई क्षेत्रबाट आउने तरकारेको माग घट्न थालेको छ । उपभोक्ताले जनस्वास्थ्यमा खेलवाड नगर्न कृषकहरुलाई अनुरोध समेत गरेका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )