चैत -१०, अवैध सम्बन्धबाट जन्मेको बच्चालाई दराजमा लुकाएर राखेको आरोपमा एक युवती पोखराबाट पक्राउ परेकी छन् । दराजमा लुगामा गुटुमुटाएर लुकाएको बच्चा भने मृत भेटिएको छ ।
गत शनिबार राति ९ बजे सिन्धुपाल्चोककी २३ वर्षीया अस्मिता घलेलाई पोखरा १, स्थित अधिकारी टोलबाट नियन्त्रणमा लिइएको हो । उनी ७ महिना अघिदेखि पोखरामा बस्दै आएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
शिशुको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा रहेको छ । डिएसपी हमालले पोष्टमार्टम रिपोर्टपछि नै बच्चा मृत जन्मेको वा जन्माएर मारेकोबारे थाहा हुने बताएका छन् । सोहि अनुसार मुद्धा अघि बढ्ने उनले जनाए ।
उनले बयानमा आफ्नो श्रीमान् विदेशमा रहेको बताएकी छन् । र, एक पुरुषसँग सम्पर्कमा रहँदै आएको पनि उनले खुलाएकी छिन् । अनैतिक सम्बन्धका कारण नै घटना घट्न पुगुको प्रहरी निश्कर्ष छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )