चैत-९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमण रोकथामका लागि तत्काल लकडाउन गर्ने योजना नभएको जनाएको छ ।
भारतमा संक्रमण दर पुनः बढेसँगै नेपालमा जोखिम न्यूनीकरणका उपाय अपनाइने तर तत्काल लकडाउन गर्ने योजना भने नभएको सीसीएमसीका सदस्य सागर दाहालले बताए ।
भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरुमा संक्रमणको जोखिम थपिएको छ । भारतसँग सीमा जोडिएको प्रदेश नम्बर–१ को राजधानी विराटनगरमा भारतबाट आएका चारजनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । यो अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले आइतबार सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्न स्थानीय तहहरुलाई निर्देशन दिएको थियो ।
भारतबाट आउजाउ गर्ने नागरिकलाई आवश्यक स्वास्थ्य जाँच र क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन मन्त्रालयले सबै प्रदेशका स्वास्थ्य निर्देशनालय तथा सीमानाकाका हेल्थ डेस्कहरुलाई निर्देशन दिएको छ । साथै, मुलुकभरका अस्पतालहरुलाई महामारी व्यवस्थापनका लागि तयारी अवस्थामा राख्ने पनि मन्त्रालयले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )