मार्च २१, कोरोना भाइरसको दोस्रो लहरबीच मध्यप्रदेशका तीन शहर भोपाल, इन्दौर र जबलपुरमा पहिलो लकडाउन सुरु भएको छ । आइतबार अस्पताल र मेडिकल छाडेर सबै पसल बन्द गरिएको छ । बिहानमात्र दुध आपूर्ति गर्ने सवारीलाई छुट दिइएको थियो । प्रहरी सडकमा तैनाथ रहेका छन् भने ठाउँ–ठाउँमा ब्यारिकेड लगाइएको छ ।
बिहान ९ बजेसम्म मानिसहरुको आवतजावत नरोकिएपछि प्रहरी कडाइ सुरु गरेको थियो । सोधपुछपछि अनुमति प्राप्तहरुलाई मात्र जान दिइएको थियो । विमानस्थल र रेलवे जानेहरुले दुई गुणा बढी भाडा तिर्नुपरेको थियो । इन्दौरको रियल चोकमा काम बिना सडकमा निस्कनेहरूलाई प्रहरीले पिटिरहेको तस्विरहरू सार्वजनिक भएका छन् ।
भोपालमा शनिबार रातिदेखि नै लकडाउन सुरु भएको थियो । आइतबार त्यहाँ पनि अस्पताल र मेडिकलबाहेक सबै पसल बन्द रहेका थिए । लकडाउनका दौरान धारा १८८ लागू गरिएको छ । अर्थात् बिना कारण घरबाट निस्कनेलाई पक्राउ गर्ने अनुमति दिइएको छ ।
जबलपुरमा लकडाउनमा कडाइ गर्दै ३४ वटा चेकप्वाइन्ट स्थापना गरिएको छ । सडकमा १५ सयभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )