सबैको मन जब आफ्नै धुनमा थियो
कोरोना भाइरसले एक्कासी थकाई दियो
पृथ्वीमा कसैलाई कतै भाग्ने ठाउँ थिएन
त्रासमै मरे कति पानी पिउनई दिएन ।
विश्व ध्वस्त पार्छु भन्नेहरू पनि डराए
बरु पशुपन्छीहरु आफ्नै दुनियाँमा हराए
गरिबले गास जुटाउन सकेनन् संकटमा परे
बाध्यताले कतिले त आत्महत्या गरे ।
एक मान्छेदेखि अर्को मान्छेहरू नै तर्किए
आफ्नैले साथ दिएनन् आफन्तहरू नै झर्किए
हावा अनि पैसाबाट पनि सर्ने त्यो कस्तो कुरा
श्वासनली हुँदै फोक्सोमा गइ रोप्ने छुरा ।
यसले मान्छेका लक्ष्य अनि सपनामा कस्तो चुनौती थोपर्यो
स्वर्गजस्तै ठाउँहरुलाई मसानघाट गरायो
गर्नसम्म गर्यो ठुलो जन धनको क्षति
चीनले गरेको थियो यसको सुरुवाती खेती ।
जात भात भुले यहाँ नाता गोता भुले
पिन्जडाबाटै निस्किन्छौझैँ गरे लकडाउन खुले
लकडाउनपछि दुखसुख मानिसहरूले चलाउदै छन् गति
प्राणघातक नै भएपनि, कोरोनाले सुधार्यो मान्छेको मति ।
न्यु वेष्ट पोइन्ट आवासीय माविबाट २०७६ सालमा SEE उत्तीर्ण गरेकी
कृति रामदाम जेबियर इन्टरनेशनल कलेजमा कक्षा ११ मा अध्ययन गर्दै छिन
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )