चैत १, म्याग्दी, दोहोरीगीत प्रतिष्ठान म्याग्दीले कलाकार हीरा किसानलाई सम्मान गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखराले आयोजना गरेको प्रदेश स्तरीय लोक दोहोरी गीत प्रतियोगितामा सहभागी भइ उत्कृष्ट गायिकाको पुरस्कार जित्न सफल हीरा किसानलाई प्रतिष्ठानले एक कार्यक्रमबीच सम्मान तथा पुरस्कार वितरण गरेको हो ।
पोखरामा सम्पन्न प्रदेश स्तरीय दोहोरी प्रतियोगितामा हाउभाउ सहितको मौलिक प्रस्तुतीमा हिरा किसान अब्बल बन्नुभयो । उहाँहरुलाई केन्द्रिय सल्लाहकार पृथ्वि थकालीले नगद पुरस्कार प्रायोजन गर्नुभएको थियो ।
प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, तनहुँ, लमजुङ, स्याङजा, बागलुङ, पर्वत, म्याग्दि, गोरखा र नवलपुर जिल्लाबाट लोक दोहोरी गीत प्रतिष्ठानको प्रतिनिधित्व गर्दै उत्कृष्ट ९ टिमले उपाधिका लागि पोखरामा प्रतिष्पर्धा गरेका थिए ।
म्याग्दीबाट सहभागी भइ उत्कृष्ट सहभागे बन्दै जिलाको दोहोरी क्षेत्रको गरिमालाई कायम राखेकोमा प्रतिस्ठान म्याग्दीले किसानलाई बधाई र धन्यबाद दिएको हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )