चैत १, दाङमा एक शिक्षक यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित अमर मावि उरहरीका ती शिक्षकले छात्रालाई कक्षाकोठामै दुरब्यबहार गरेको आरोप छ । तुलसीपुर-११ सुकौराका शिक्षकलाई प्रहरीले फागुन २६ गते पिडितको उजुरीको आधारमा पक्राउ गरेको हो।
एक हप्ताअगाडि फागुन २३ गते दिउँसो कक्षाकोठाभित्रै कक्षा ६ मा पर्ने एक १३ वर्षीया छात्राले आफूलाई ती शिक्षकले संवेदनशील अंगमा हातपात गरेको आरोप लगाएकी थिइन। पीडित छात्राको तर्फबाट उनका बुवाले फागुन २६ गते बाल यौन दुराचार गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेर दिएका थिए। सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरेको इप्रका तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताउनु भएको छ ।
‘ती छात्रा मध्यान्तरको समयमा सञ्चो नभएर कक्षा कोठामा एक्लै बसेको समयमा शिक्षक आएर संवेदनशील अंगमा हातपात गरेको भन्ने आरोप लगाइएको छ,’ डिएसपी सिंहका अनुसार, ‘ती छात्राका बाबुले प्रहरीमा दिएको जाहेरीमा दाबी गरेअनुसार तथ्य के हो? भन्नेबारे प्रहरी अनुसन्धान जारी छ।’
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )