केपि कुमार जलन , बागलुङ
राष्ट्रिय लाेक दाेहाेरी दिवस २०७७ काे अवरसमा अायाेजना गरिएकाे प्रदेश स्तरीय लाेक दाेहाेरी गित प्रतियाेगितामा बाग्लुंग प्रथम भएको छ । प्रतियोगितामा दाेहाेरी गित प्रतिष्ठान बागलुङबाट सहभागी सुमन खडका र शर्मिला बिसिकाे टिम प्रथम हुन सफल भएकाे हो ।
गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रलायकाे विशेष सहयाेगमा राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान गण्डकी प्रदेशकाे अायाेजनमा प्रदेश स्तरीय दाेहाेरी गित प्रतियाेगिता २०७७ शनिबार सम्पन्न भएको हो । पर्यटन वाेर्डकाे सभाहल ड्यामसाईडमा गण्डकी प्रदेश सरकारका अार्थिक मामिला तथा याेजना मन्त्री माननीय किरण गुरूङ ज्युकाे प्रमुख अातिथ्यतामा अब्तिम प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे थियाे ।
जिल्ला स्तरबाट छनाैट गरि प्रदेश स्तरमा गराइएका कुल ९ टिमकाे सहभागिता मध्ये प्रथम प्रतिष्ठान बागलुङ, प्रतिष्ठान स्याङजा दृतिय प्रतिष्ठान लमजुङ तृतिय र प्रतिष्ठान तनहु शान्तवना स्थान हासिल गरेका थिय । प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार हात पार्न सफल भएका छन । यसैगरी द्धितीय हुने टिम स्याङजाले ७७ हजार ७ सय ७७ रुपैयाँ, प्रतिष्ठान लमजुङ तृतीय हुने टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ र सान्त्वना हुने टिम तनहुले ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेकाे छ ।
यसका साथै पुरुष तर्फ उत्कृष्ट गायक घोषित हुनेले ५ हजार ५ सय ५५ रुपैयाँ र महिला तर्फ उत्कृष्ट घोषित हुने म्याग्दीकी हिरा किसानले ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन । बिजयि टिमलाई प्रमुख अतिथि बाट नगद पुरस्कार सहित प्रशंसा पत्र प्रदान गरिएकाे छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )