फागुन २८, म्याग्दी, म्याग्दीको बेनी नगरपालिका बगरफाँटको खेतीयोग्य जमिन मासिँदै गएको छ । जिल्लाको अन्न भण्डार र खेतीयोग्य जमिन मासिन थालेपछि कृषकहरु चिन्तित भएका छन् । बगरफाँटमा केहि समययता पक्की घर निर्माण हुने क्रम बढेसंगै उर्बर फाँट कंक्रिट शहरमा परिणत हुने जोखिम बढ्दै गएपछि कृषकहरुले यसको बिरोध गरेका छन् ।
बेनी बजारसँगै जोडिएको गाउँ भएको हुनाले यहाँको उर्वर भूमिमा पक्की घर निर्माण गर्ने क्रम बढ्दै गएको हो । अत्यन्तै मलिलो माटो र खेतीका लागी उर्वर यस क्षेत्र उपल्लो फाँट र तल्लो फाँट गरी दुई भागमा बाँडिएको छ । उपल्लो फाटमा एक दुइ घर बने पनि तल्लो फाटमा पक्कि घर बन्ने क्रम बढिरहेको छ ।
सदरमुकाम बेनीबजार नजिकै रहेको यस्ता क्षेत्र आवास क्षेत्रका लागी सबैको रोजाइमा पर्ने गरेका छन् । केहि समय पहिला छिमेकी पर्बत जिल्लाको वारी बेनी को उपल्लो खेतको फाटमा लह लह धान गहु फाल्ने गर्थे तर अहिले त्यो क्षेत्र पुरै कंक्रिटको जंगल बनेकोले त्यस्तै अवस्था आउनेमा बगरका कृषक चिन्तीत छन्।
जिल्लाका विभिन्न क्षेत्रबाट बसाइसराइ आइ यहाँ बस्ने क्रम बढेसँगै उर्वर फाँट मासिँदै गएको हो । बगरफाँट जिल्लाकै अन्न भण्डारको रुपमा चिनिएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )