फागुन २८, प्रहरीले करिव दुई केजी युरेनियमसहित ४ जनालाई पक्राउ गरेको छ । विहीबार काठमाडौंको बौद्ध क्षेत्रबाट ४ जनालाई युरेनियमसहित पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
युरेनियमसहित पक्राउ पर्नेहरुमा रामेछापका ४० वर्षीय नारायणसिंह तामाङ, लिखु तामाकोशी गाउँपालिकाकी ४० वर्षीया जानुका तामाङ, रामेछापकै २० वर्षीया प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई अहिले ५ दिनको म्याद लिएर काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको पनि प्रहरीले जनाएको छ । बरामद भएको बस्तु युरेनियम नै भएको कुरा खुमलटारस्थित नास्टको प्रयोगशालाबाट प्रमाणित भएको प्रमुख एआईजी हरिबहादुर पालले जानकारी दिनुभयो ।
बरामद गरिएको युरेनियम–२३५ भएको पनि उहाँले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुविरुद्ध विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम छानबिन र अनुसन्धान अघि बढाइने पनि पालले बताउनुभयो ।
यति ठूलो परिमाणमा युरेनियम कहाक्बाट आयो ? भन्नेबारे अनुसन्धान थालिएको प्रहरीले बताएको छ । यति धेरै परिणाममा नेपालमा युरेनियम बरामद भएको पहिलो पटक भएको प्रहरीले जनाएको छ ।
अमेरिकाको ऊर्जा मन्त्रालयका अनुसार १ किलो शुद्ध युरेनियमको मूल्य करिब १८ अर्ब रुपैयाँ पर्छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )