फागुन २७, जलजला -५ लेकफाट गिद्देश्वरमा नव निर्मित भवनको उद्घाटन गरिएको छ । गिद्देश्वर शिवालय मन्दिर परिसरमा निर्मित भवनको जलजला गाउँ पालिकाका अध्यक्ष याम बहादुर मल्ल रामकृष्ण ले उद्घाटन गर्नु भएको हो । महाशिवरात्रि पर्वको अवसर पारेर भवनको उद्घाटन गरिएको हो ।
पर्बतको उत्तरी भेग जलजलाको लेखफाट ५ गिद्देश्वरमा अवस्थित गरुडेश्वोर शिवालय मन्दिर यस क्षेत्र कै पबित्र तिर्थ स्थल हो । बालाचतुर्दशी, साउने सोमबार, शिवरात्री, पर्बको अवसरमा विभिन्न क्षेत्रबाट दर्शन गर्न भक्तजनहरु अत्यधिक आउने गर्दछन । गाउपालिका अध्यक्ष रामकृष्ण मल्लले यो क्षेत्रकै सबैभन्दा महत्वपुर्ण तिर्थस्थलमा आइ पबित्र कार्यमा जोडिन पाउदा अत्यन्तै खुशी र पुण्य लाभ भएको बताउनु भएको छ ।
उद्घाटन कार्यक्रम शिवालय मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद रेग्मीको अध्यक्षता, जलजला गाउँ पालिकाका अध्यक्ष याम बहादुर मल्ल रामकृष्ण मल्लको प्रमुख आतिथ्यता श्रीलाल सुबेदी र ओम प्रसाद रेग्मीको विशिष्ट आतिथ्यता र झलक बहादुर जिसीर भगवान आचार्यको संचालनमा सम्पन्न भएको हो उद्घाटन कार्यक्रम पश्चात भजन किर्तन, फुल प्रसाद वितरण भएको लेकफाटबाट जनक पौडेलले बताउनुभएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )