म्याग्दीको अन्नपूर्ण–५ खोपारामा सहकारी होटल सञ्चालनमा आएको छ । ४० जना क्षमताको २० कोठे सुविधासम्पन्न होटल सञ्चालन ल्याइएको होटल सञ्चालक तथा उद्धार पर्यटन सहकारीका अध्यक्ष राजेश तिलिजा पुनले बताउनु भयो । सहकारी मार्फत सञ्चालनमा ल्याइएको उक्त होटल नेपालकै पहिलो र नयाँ अवधारणामा ल्याइएको होटल भएको अध्यक्ष पुनले बताउनु भयो ।
जिल्लामा व्यवसायिक पर्यटन गतिविधि सञ्चालन गर्ने उद्देश्यले उद्धार पर्यटन सहकारी संस्थाद्वारा उक्त होटल सञ्चालनमा ल्याइएको हो । यसको अवधारणा ल्याउने ब्यक्ती राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन हुनुहुन्छ । सामुदायिक लाभ लिने उद्देश्यले होटेल संचालनमा ल्याइएको हो ।
अन्नपूर्ण क्षेत्रको पाउद्वारलाई केन्द्रित गर्दै वरपरका पर्यटकीय स्थलहरूलाई समेत समेटेर नयाँ पदमार्ग सञ्चालन गर्ने योजना सहकारीले बनाएको छ । । यसअघि पाउद्वार मावि र हिमाञ्चल माविले खोपारा लेकमा सञ्चालन गर्दै आएको सामुदायिक होटललाई सहकारी मातहत ल्याइएको हो । संरचनाको मूल्यांकक आधारमा २५ प्रतिशत पाउद्वार माविका निजी स्रोतका शिक्षकको तलबका लागि अक्षयकोष बनाउने सम्झौता समेत भएको बताइएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )