पोखरा थिएटरले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा ‘न्यायको खोजी’ उत्कृष्ट बन्न सफल भएको छ । यो भानुभक्त आवसीय माध्यामिक विद्यालय, कास्कीले तयार पारेको नाटक हो । अनुषा परियारको लेखन र आश्मा भुजेलको निर्देशनमा यो नाटक तयार भएको थियो ।
महोत्सवमा जनप्रिय माध्यामिक विद्यालय, कास्कीले तयार पारेको ‘लगानी’ नाटक द्वितीय भयो । यो नाटकको लेखन तथा निर्देशन संगम लामिछानेले गर्नुभएको हो । न्यू होराइजन आवसीय माध्यामिक विद्यालय, पर्वतले तयार पारेको ‘अभाव’ नाटक तृतीय भयो । मनोहर पौडेलको लेखन र मीना रेग्मीको निर्देशनमा यो नाटक तयार भएको छ ।
सत्यवती माध्यामिक विद्यालय, तनहुँले तयार पारेको ‘कोरोनाको शैक्षिक प्रभाव’ नाटक सान्त्वना भयो । गौरभ सापकोटाको लेखन तथा निर्देशनमा यो नाटक तयार भएको थियो । सान्त्वना स्थानमानै वाराही माध्यामिक विद्यालय कास्कीले तयार पारेको ‘म पछाडिको मेरो सत्य’ नाटकसमेत पर्न सफल भयो । यो नाटक रञ्जु दाहालको लेखन निर्देशनमा निर्माण भएको हो ।
प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने ५ वटै नाटकलाई आगामी चैत्र १४ गते विश्व रंगमञ्च दिवसको अवसरमा गन्धर्व नाटकघरमा प्रत्यक्ष मञ्चनसँगै पुरस्कार वितरण गरिने आयोजक पोखरा थिएटरले जनाएको छ । प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवका लागि गण्डकी प्रदेशका कास्की, गोरखा, तनहुँ, स्याङजा, बागलुङ, पर्वत, नवलपुर, म्याग्दी, मुस्ताङ, लमजुङ गरी १० जिल्लाका कुल ४० नाटक सहभागी भएका थिए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )