बेनि बजारको फोहोर संकलन केन्द्र डम्पिङ साइटमा मा फोहोर जलाउन्दा जलजला २ र ३ का बासिन्दालाइ निकै सकस भएको छ । बेनिबजारको फोहोर संकलन गरी थुपार्ने थाउ जलेश्वर नजिकै पटकपटक आगो लगाउदा जनस्वास्थ्यमा गम्भीर असर परेको छ ।
केही महिना पहिला पनि २ दिन सम्म आगो सल्काउदा बेनिबजार समेतलाइ असर गरेपछि निभाउन लगाइएको थियो । आज फेरि आगो सल्काउदा बौर क्षेत्र धुवाले ढाकेको छ । पिरो र दुर्गन्धित धुवाले सास फेर्न सकस भएको स्थानिय बताउदछन ।
अझै बिहिबार परेको महाशिवरात्री पर्वलाइ यसले नकारात्मक असर पार्ने प्रष्ट छ । पटकपटकको अनुरोध पछिपनी फोहोर जलाउने कार्य नरोकिदा स्थानिय आक्रोशित बनेका छन ।
बजारको फोहोर संकलन गरि बजारलाई सफा बनाएपनी पर्बतका बासिन्दालाइ किन यस्तो व्यवहार ? स्थानिय अब त्यसको कडा प्रतिकारमा समेत जान सकिने बताउदछन ।
बेनिनगरपालिका लाई यसको बारेमा बारम्बार जानाकारी गराउदा पनि फोहोर जलाउने कार्य रोकिएको छैन ।
स्वच्छ बाताबरणमा स्वस्थ जीवन बाच्न पाउने नागरिकको अधिकारको रक्षा हर्न सम्बन्धित निकायलाइ घ्यानाकर्षण गराइएको स्थानियले जलजला अनलाइनलाइ बताएका छन ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )