बागलुङ, फागुन २५/ बागलुङको बलेवा विमानस्थल कालोपत्रे गर्ने अन्तिम तयारीमा पुगेको छ । विमानस्थल क्षेत्रको भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेकोले धावन मार्ग कालोपत्रे गर्ने तयारी गरिएको हो । विमानस्थलको भौतिक प्रगति ७५ प्रतिशत रहेको विमानस्थल निर्माण कम्पनीका इन्जिनियर चिरञ्जीवी खडकाले बताउनु भयो ।
“विमान स्थल परिसरमा मेसिनरीवाल, सववेश, बेस, तारबार तथा नाली निर्माणको काम सकिएको छ अव धावन मार्ग कालोपत्रेको काम मात्र बाँकी छ ” उहाँले बताउनुभयो । कालोपत्रेको लागि चिसो अझै कायै रहेको र तापक्रम नपुगेकोले तत्काललाई रोकिएको हो । गर्मी बढेसंगै चैत्र दोस्रो हप्तादेखि कालोपत्रेको काम हुने बताइएको छ ।
गएको फागुन मै सम्पन्न हुनुपर्ने विमानस्थलको काम कोरोनाको कारण प्रभावित भएको हो । सरकारले थप गरेको समय सिमा भित्र नै निर्माण काम सकिने र जेठ महिनासम्म तयारी विमानस्थल नागरिक उड्यान प्राधिकरणलाई हस्तान्तरण गर्ने इन्जिनियर खडकाले बताउनुभयो ।
विमानस्थलको ६ सय मिटर लम्बाइ तथा २३ मिटर चौडाइ धावन मार्ग कालोपत्रे हुनेछ । २६ बर्ष बन्द अवस्थमा रहेको विमान स्थल बागलुङ नगरपालिकालमा जनप्रतिनिधि आएपछि जनप्रतिनिधिको पहलमा २०७४ चैत्र ९ गतेबाट पुनः संचालनमा आएको थियो ।
नेपाल एयरलाइन्स र तारा एयरलायन्सका जहाजले केही महिना उडान भरे पनि हिलो र धुलोको कारण नियमित उडान हुन सकेको थिएन । कालीगण्डकी करिडोरसँग जोडिएको विमान स्थल बागलुङ बजारदेखि १३ किलो मिटरको दुरीमा छ । हवाई सेवा नियमित भएमा बागलुङका साथै छिमेकी पर्वत, म्याग्दीका जनता प्रत्यक्ष लाभान्वित हुनेछन ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )