म्याग्दी प्रवासी नेपालि संघ (MONA) जापान अन्तरगत क्षेत्रीय समिति क्युस्सुले शुरु गरेको ‘सांस्कृतिक फेसबुक फोटो प्रतियोगिता’ अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता मार्च १० गते सम्पन्न हुने आयोजकले जनाएको छ । प्रतियोगिताका बिजेताहरुलाई मार्च १५ मा पुरस्कार वितरण गरिने कुरा म्याग्दी प्रवासी नेपाली संघ, (मोना) जापान क्षेत्रीय समिति क्युस्युले जनाएको हो ।
संस्थाले हालै एक प्रेस बिज्ञप्ति जारी गर्दै काययक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सबैलाइ धन्यवाद दिएको छ । फेसबुक फोटो प्रतियोगिता सम्पन्न गर्नको लागि (MONA) क्युस्सुलाइ किता क्युसु नेपाली समूह जापान, समाजसेवी तथा ब्यबसायी ददिवल खड्का, नाङ्गलो नेपालि रेष्टुरेन्ट जापान, श्री गणेश नेपाली रेष्टुरेन्ट जापान, सिटि एक्सप्रेस मनि ट्रान्सफर फ़ुकुओका जापान, समाजसेवी तथा ब्यबसायी ज्योति केसी, लुम्बिनी नेपालि रेष्टुरेन्ट जापान, असन बजार खुद्रा पसल जापान, मोना जापानका अध्यक्ष तथा समाजसेवी दिपक कार्की, समाजसेवीहरु सागर कार्की, बिशाल केसी, किरण बर्मा, नवराज गौतम, विवेक बुढाथोकि लगायतका ब्यक्ती तथा संस्थाहरुले सहयोग गरेको उज्ज्वल बाँनियाले बताउनुभएको छ ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने प्रतियोगीहरुलाई जापान येन २५,०००/- र १५,०००/- तथा तृतीय हुनेलाई सान्त्वना स्वरुप आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने छ त्यसैगरी मिडिया पार्टनरको रुपमा सहयोग पुर्याउने घोरेपानी अनलाइन , जलजला अनलाइन, सुर्योदय न्युज र दृष्टिपथ लगायतलाई मायाको चिनो समेत वितरण गरिने कुरा अध्यक्ष उज्ज्वल बाँनियाले बताउनुभयो।
जापानको फ़ुकुओका क्षेत्रमा म्याग्दी जिल्लाबाट आइ रोजगारी तथा बिभिन्न पेशा ब्यबसाय गर्दै आएका म्याग्देलीहरुको बिचमा एकता र भाइचाराको सम्बन्ध स्थापित गर्ने उद्देश्यले सन् २०२० मा स्थापित भइ संस्था अगाडी बढिरहेको छ ।अहिले म्याग्दी जिल्लाका कला, सस्कृति, संस्कार, र प्राकृतिक शुन्दरता आदिको प्रचार प्रसार र बिकाशमा सहयोग पुर्याउने पबित्र उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )