१११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा वेष्ट पोइन्ट कलेजमा नारी सम्मान कार्यक्रम गरि मनाइएको छ । मार्च ८ का दिन इन्फ़्लुएन्सियल् ब्याचलर क्लवको आयोजनामा कार्यक्रम गरिएको हो । यस बर्षको नारा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ रहेको छ ।
सम्मानित हुनेहरुमा मेगा डान्स आइडलका बिजेता कक्षा ९ कि क्रिष्टिना पुन, युरेस वेष्ट पोइन्टका सभापति कक्षा १० का दीपशिखा किसान, कक्षा ११ को वार्षिक परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने ललिता बुढा, बिबिएस चौथो वर्षका श्रीष्टि पाइजा र विद्यालयका कर्मचारी सुनिता राइ रहनुभएको छ ।
कार्यक्रममा प्रमुख वक्ता महिला अधिकारकर्मी देवी जिसीले नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरिएको छ तर त्यसको कार्यान्वयनमा राज्य र हाम्रो समाज उदासिन रहेको कुरा बताउनु भयो । उहाँले हामी महिला आफ्ना अधिकारको बारेमा अझै सचेत नहुदा त्यसको पूर्ण कार्यन्वयन हुन नसकेको बताउनु भयो ।
प्रमुख अतिथि वेष्ट पोइन्ट एजुकेसन फाउन्डेसन म्याग्दी प्रालिका संस्थापक निर्देशक सुदर्शन कुमार श्रेष्ठले प्रमुख आतिथ्यता मन्तब्य ब्यक्त गर्दै घरमा, समाज र देशमा नारीको सम्मान हुन्छ त्यो देश सम्वृद्ध बन्छ त्यसैले नारीको सम्मान घरबाट नै शुरु गर्नु पर्ने बताउनु भयो । कलेजका प्रिन्सिपल डीबी दाहालले क्लवले गरेको यो रचानात्माक कार्यको खुलेर प्रशंसा गर्नु भएको थियो यस बर्षको नारा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ रहेको छ । कलेज तहमा हुने यस्ता रचनात्मक कार्यक्रमले विद्यार्थीको व्यक्तित्व नेतृत्व बिकासमा टेवा पुग्ने बताउनु भयो ।
नारि दिवास बिशेष कार्यक्रममा संस्थापक निर्देशकहरु शिवकुमार श्रेष्ठ, सुवासकुमार श्रेष्ठ इन्फ्लुएन्सियल ब्याचलर क्लवका निबर्तमान अध्यक्ष दिनेश कुमार बिश्वकर्मा लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रम क्लवका अध्यक्ष बिबिएस प्रथम बर्षका सज्जन श्रेष्ठको अध्यक्षता सचिव निरुता बुढाथोकीको संचालन र फियोना पुनको स्वागतमा सम्पन्न भएको इन्फ़्लुएन्सियल् ब्याचलर क्लव वेष्ट पोइन्टले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )