फ्रान्सबाट भारतको नयाँदिल्लीका लागि उडेको जहाज बुल्गेरियामा ओरालिएको छ एयर फ्रान्सको जहाज आपतकालीन रुपमा बुल्गेरियाको सोफिया विमानस्थलमा अवतरण गरिएको हो ।
जहाजभित्र एक भारतीय यात्रुले अमानवीय र अस्वभाविक हर्कत् देखाउन थालेपछि जहाज अन्यत्रै मोडिएको थियो । अधिकारीहरुका अनुसार भारतीय ती नागरिकले जहाज उड्नासाथ चिच्याउने, अन्य यात्रुसँग झगडा गर्ने, ककपिटको ढोका तान्ने जस्ता हर्कत् देखाएका थिए । साथै उनले विमान परिचारिकाहरुमाथि आक्रमण समेत गरेका बुल्गेरियाका अधिकारीहरुका जनाएका छन् ।
उनको आक्रामक व्यवहारका कारण सोफिया विमानस्थलमा आपतकालीन अवतरण गराइएको बताइएको छ । सुरक्षाकर्मीले ती व्यक्तिको पहिचान भने सार्वजनिक गरेको छैन ।
उनी अहिले सुरक्षाकर्मीको नियन्त्रणमा छन् । साथै उडान सुरक्षामा खतरा निम्त्याएको भन्दै उनीविरुद्ध मुद्दा समेत दायर गरिएको छ । यदी ती व्यक्तिले मुद्दा हारेमा १० वर्ष जेल सजाय भोग्नुपर्ने छ । एयर फ्रान्सले भने यस घटनाबारे छानविन भइरहेको जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )