चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आज (आइतबार) देखि एक साताका लागि दिउसो बन्द हुने भएको छ । पहिरो व्यवस्थापनको काम सम्पन्न गर्नका लागि २९ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडक बन्द हुने भएको हो ।
चारकिलोमा पहिरो रोकथामको आवश्यक बाँकी कामका लागि उक्त सडक बन्द गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सो अवधिमा नारायणगढबाट जाने ठुला सवारी साधनलाई सिमलतालमा रोकिने र सानालाई जलबिरेमा रोकिने जिल्ला ट्राफिक प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए ।
सवारीचापलाई ध्यानमा राखी चालकलाई वैकल्पिक सडक प्रयोग गर्न समेत ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )