म्यान्मारमा तेस्रो दिन पनि दशौं हजार मानिसहरू सडक प्रदर्शनमा उत्रिएका छन्। सैन्य कू को विरोधमा म्यान्मारमा दशकयताकै ठुला प्रदर्शनहरू भएको जनाइएको छ । मुख्य सहर याङ्गोनमा देशव्यापी हडतालको स्वरूप दिने गरी वकिल, शिक्षक र निजामती कर्मचारीसहित विभिन्न पेसागत समूहहरू भेला भएको बताइएको छ ।
बीबीसीका अनुसार राजधानी नेपिदअमा प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न पानीको फोहोरा प्रयोग गरे पनि उनीहरूले प्रदर्शन जारी राखेका छन्। हालसम्म हिंसाका खबर भने नआएको जनाइएको छ ।
गत सोमवार सेनाले निर्वाचित नेतृ आङ सान सू चीलगायत नेताहरूलाई हिरासतमा राखेको थियो।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )