संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुचीसहित पक्राउ गरिएका सबैलाई तत्काल रिहाइ गर्न माग गरेको छ ।
म्यानमारको पछिल्लो राजनितिक घटनाक्रमका विषयमा छलफल गर्न बसको सुरक्षा परिषद् बैठकले यस्तो माग गरेको हो । परिषद्का सबै सदस्य मुलुकहरु म्यानमारमा प्रजातान्त्रिक परिवर्तनको पक्षमा रहेको विज्ञप्तिमा जनाइएको छ ।
यसका साथै प्रजातान्त्रिक संस्थाहरु पुनःस्थापना गर्र्न, हिंसालाई प्रश्रय नदिन र पूर्णरुपमा मानव अधिकारको सम्मान गर्न परिषद्का सदस्यहरुले माग गरेका छन् ।
यसअघि मंगलबार भएको बैठकमा चीनले परिषद्ले जारी गर्न लागेको वक्तव्य रोकेको थियो । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले यसअघि नै म्यानमारको सेनाले गरेको कू पूर्णरुपमा अस्वीकार्य रहेको बताइसक्नुभएको छ ।
उहाँले राष्ट्रसंघले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर म्यानमारको कू असफल गराउन सहयोग गर्ने बताउनु भएको थियो । गत सोमबार म्यानमारको सेनाले शक्ति आफ्नो हातमा लिँदै प्रजातन्त्र पक्षधर नेताहरुलाई पक्राउ गरेको थियो । (एजेन्सी)
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )