इण्डोनेशियाले सार्वजनिक विद्यालयहरूलाई धार्मिक पहिरन अनिवार्य नगर्न सचेत गरेको छ । एक विद्यालयले एक ईसाई समुदायकी छात्रालाई हेड स्कार्फ लगाउन दबाब दिईएको घटना सार्वजनीक भएपछि इण्डोनेशियाली सरकारले यसमा प्रतिबन्ध लगाएको हो ।
त्यहाँको सरकारले यस्ता किसीमका जुन सुकै नियमहरु तत्काल खारेज गर्न निर्देशन दिएको छ । सरकारको यो निर्णय नमान्ने विद्यालयहरुले प्रतिबन्धको सामना गर्नुपर्ने चेतावनी समेत दिइएको छ । धार्मिक पोशाक लगाउनु तथा छनौट गर्नु एक व्यक्तिको अधिकार हुने भन्दै यस्तो चेतावनी दिइएको हो ।
मुस्लिम बाहुल्यता रहेको इण्डोनेशियाले अन्य धर्महरूलाई पनि आधिकारिक मान्यता दिएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )