नेकपा प्रचण्ड–माधव समूहले गरेको आमहड्तालको म्याग्दी बेनी र आसपासका क्षेत्रमा पनि परको छ । तरकारी, डेरी, मासु पसल र औषधि पसल बाहेक अन्य पसल खुलेका छैनन । प्रहरीले बजार क्षेत्रमा स्कर्टिंग गरिरहेको छ भने ठाउँ ठाउमा नेपाल प्रहरीले गस्ती गरिरहेका छन् ।
म्याग्दी संगै सिमाना जोडिएको पर्बत बेनी र आसपासका क्षेत्रमा भने पसलहरु छिटपुटरुपमा मात्रै खुलेका छन् । जलजलाका ग्रामिण क्षेत्रमा चल्ने ढुवानीका साधनहरु चलेका छन् । म्याग्दी र जलाजला पर्बत बेनी र आसपासका क्षेत्रमा शिक्षण संस्थाहरु बन्द गरिएका छन् ।
बेनीको कालिपुल बसपार्क र दरबांग बसपार्क पनि सुनसान छन् लामो दुरीका कुनै सवारीसाधन छुट्न सकेका छैनन् ।
सडकमा अवरोध सिर्जना गर्नेलाई पक्राउ गर्न भन्दै गृह मन्त्रालयले निर्बाधरुपमा पसल खोल्न, ब्यबसाय संचालन गर्न सुचना जारी गरे पनि त्रासका कारण खुल्न सकेका छैनन् । अहिले सम्म म्याग्दी बेनी र आसपसका क्षेत्रमा कुनै धरपकड र अप्रिय घटना नभएको जनाइएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )