कक्षा-११ र कक्षा-८ को पाठ्यक्रममा लिम्पियाधुरा-कालापानीसहितको भूभाग समेटिएर पाठ्यक्रममा समावेश गरिएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए।
उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् सो को जानकारी दिएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘लिम्पियाधुरा-कालापानीसहितको भूभाग समेटिएको नेपालको नक्सा कक्षा-११ को र कक्षा-८ को पाठ्यक्रममा समावेश भयो।’