खाना नपाकेको निहुँमा झगडा हुदा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । पर्वतको जलजला गाउँपालिका- ७ धाइरिंग स्थाई ठेगाना भइ पोखरा महानगरपालिका ३३ उपल्लो पुडी बस्ने ५० बर्षीय गम बहादुर पुनले ४२ बर्षिया हरिमाया पुनको हत्या गरेका हुन् ।
पुनलाई शुक्रबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन मार्फत जानाकारी दिएको छ । प्रहरी प्रवक्ता डिएसपी सुवाश हमालअनुसार खाना नपकाएको निहुँमा झगडा हुँदा पुनले श्रीमतीको हत्या गरेका हुन् । लामगादी कृषि फर्ममा ज्यालादारी मजदुरी गर्ने उनी बिहान सोहि ठाउँ मै पक्राउ परेका थिए ।
बिहीबार राति करिब ८ बजे गमबहादुर घर पुग्दा हरिमायाले खाना पकाएकी थिइनन् । त्यसपछि खाना नपकाएको विषयमा वादविवाद भएको थियो । घरमै रहेको बन्चरो झिकेर उनले श्रीमतीलाई टाउकोमा हानेका थिए । त्यसपछि अर्को कोठामा गएर सुते । हरिमाया सुतेकै ठाउमा बिहान मृत फेला परेकी थिइन् ।
आरोपित पुनले प्रहरीको प्रारम्भीक अनुसन्धानमा बिहीबार राति पत्नीसँग झगडा हुँदा टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको बयान दिएका छन् । पुन विरुद्ध कास्की जिल्ला अदालतमा ज्यान मुद्दा दर्तागरी थप अनुसन्धानका लागि १० दिन म्याद थपिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हमालले जानकारी दिनुभयो । पुनको शव परीक्षणको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )