युवा ब्यबसायी तथा समाजसेवी रबिन्द्रजंग लामिछानेले कुल बराह क्षेत्र पूर्णगाउँको निरक्षण गर्नु भएको छ । पर्बतको मोदि गाउँपालिका तिलाहारमा जन्मिई हाल बेलायतको लण्डनमा बसोबास गर्दै आउनुभएका लामिछानेले आफ्नो कुल देवताको मन्दिरको पुनर्निर्माण स्थलको अवलोकन गर्नु भएको हो ।
लामिछानेले जलजला गाउपालिका वडा न २ पूर्णगाउँ स्थित घर्ति क्षेत्री र कार्की क्षेत्रीको कुलामंदिरको पुननिर्माणको गत साल सिलान्यास गर्नु भएको थियो । श्रीपन्चामिका दिन सिलान्यास गर्नु भएको मन्दिरको हाल निर्माण कार्य चलिरहेको छ । उहाँले आफ्ना स्वर्गीय पिता चन्द्रजंग लामिछानेको स्मृतिमा २१ लाख १७ हजार ७ सय २७ रुपियाँ सहयोग समेत गर्नु भएको छ ।
आफु नेपाल आएको मौकामा आफ्नो कुल मन्दिर पुनर्निर्माणको अवलोकन गर्ने उध्यस्यले हेलिकप्टर मार्फत फागुन १२ गते मंगलबारका दिन पूर्णगाउँ आउनुभएको थियो । उहाँले अवलोकन साथै कुल बाराही मन्दिरमा पुजा अर्चना समेत गर्नु भएको थियो । सो अवसरमा मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष प्रकाश जिसीले निर्माणको हालको अवस्थाका बारेमा जानाकारे गराउनु भएको घर्ति कार्की कुल्मंदिर पुनर्निर्माण समितिका आर्थिक संयोजक डम्बर बहादुर घर्ति क्षेत्रिले बताउनु भएको छ ।
जलजला गाउपालिका वडा नम्बर २ पूर्णगाउँमा अवस्थित कुल बाराही मन्दिर प्राकृतिक धार्मिक र एतिहासिक महत्वको क्षेत्र रहेको छ । सुन्दर तालको बिचमा रहेको बाराहीको थान र सुन्दर तालले यस क्षेत्रको महत्व धेरै बढाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )