वासिङटन: अमेरिकामा २३१ यात्रुसहित उडेको विमान दुर्घटना भएको छ । कोलोराडोस्थित उक्त विमान उडिरहेको अवस्थामा अचानक इन्जिनमा आगो लागेर विमानका टुक्राहरु खसेका थिए ।
बोइङ ७७७ उक्त विमानमा १० जना चालक दलका सदस्य थिए । घटनाबारे सम्पूर्ण विवरण आइसकेको छैन । विमानमा आगो लागेपछि टुक्राहरु जमिनमा खसेका दृश्य विभिन्न मिडियाले समेत सार्वजनिक गरेका छन् ।
यद्यपि विमानका यात्रुहरु सकुशल भएको बताइएको छ । शनिबारको उक्त दुर्घटनाबाट बचाएर पाइलटले डेनबरस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा सफल रुपमा अवतरण गराएका थिए ।
डेबरदेखि होनोलुलुका लागि उड्ने क्रममा विमानमा आगो लागेको हो । तर कसरी आगो लाग्यो भन्नेबारे यकिन विवरण आइसकेको छैन । अन्तर्राष्ट्रिय मिडियाका अनुसार विमानको दायाँ तर्फको भागमा आगो लागेको थियो । आगो लाग्दा लाग्दै पाइलटले सुरक्षित तवरमा विमान अवतरण गराएका हुन् । एजेन्सीको सहयोगमा
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )