सामाजिक सञ्जाल मार्फत ठगी कार्यमा संलग्न रहेको अभियोगमा पर्वतका एक जना काठमाडौँ मा पक्राउ परेका छन् । काठमाडौँ काे टोखा नगरपालिका-११ भण्डारी टोल बस्ने पर्वत टकलाक घर भएका ४५ वर्षीय हरि प्रसाद बस्याललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
उनले सामाजिक सञ्जाल मार्फत यु.के.मा बसोबास गर्ने डाक्टर माईकल अलवर्ट भन्ने व्यक्तिलाइ साथी बनाई कुरा गरी उपहारका सामानहरु यु.के.बाट पठाएको छ भन्दै ठगी गर्ने गरेका थिए । बस्यालले तपाइको सामान भारत हुँदै नेपाल आउँदैछ भन्ने गर्थे केहि समय पछी भारतीय नम्बरबाट नेपाली भाषा बोल्ने महिलाले पीडितलाई सम्पर्क गरी भन्सार छुटाउनको लागि कर बापत रकम तिर्नुपर्ने बताउने गरेका थिए ।
पीडितले विभिन्न व्यक्तिको खातामा १० लाख ७० हजार रुपैयाँ जम्मा गरेका थिए उनले जामा गरेको रकम मध्ये ५ लाख २० हजार रुपैयाँ काठमाडौं गोगंबु बसपार्कस्थित कालीगण्डकी गेष्टहाउसमा व्यक्तिलाई भेटेर दिए पश्चात पनि पीडितलाई पटक पटक रकम पठाउन भनी पटक पटक फोन आएपछि आफू ठगिएको थाहा पाएर उनले दिएको सूचनाको आधारमा ठगी कार्यमा संलग्न बस्याललाई प्रहरीले पक्राउ गरेकाे जानकारी दिएकाे छ ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले गंगबु बसपार्कस्थित कालीगण्डकी गेष्टहाउस नजिकबाट बस्याललाई पक्राउ गरेको हो । बस्यालबाट १० थान विभिन्न व्यक्तिको नाममा जम्मा गरेको भौचर, २ थान मोबाइल र नगद १ लाख ७ हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ । बस्याललाई आवश्यक कानूनी कारवाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगंज पठाइएको उक्त ब्यूरोले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )