पोखरामा गण्डकी प्रदेश स्तरीय विद्यालय चित्रकला प्रतियोगिता हुने भएको छ । इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लब अफ पोखरा ग्लोवल सेन्चुरीद्वारा प्रतियोगितामा आयोजना गरिएको हो । प्रतियोगितामा कक्षा ८-१२ कक्षा सम्म अध्ययन गर्ने विद्यार्थीहरु सहभागी हुन पाउने छन् ।
प्रतियोगिता दुइ चरणमा सम्पन्न हुने आयोजकले बताएको छ । पहिलो चरणमा आएका सम्पूर्ण चित्रहरुबाट उत्कृष्ट दश प्रतियोगीलाई कार्यक्रम स्थलमा बोलाई चित्र कोर्न लगाइने जानकारी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले दिनुभयो ।
प्रथम चरण अन्तरगत बालअधिकार- समाज निर्माणको आधार र दोस्रो चरणका चित्रमा वातावरण–जीवनको आधारशीला बिषयमा केन्द्रित भएर चित्र कोर्नुपर्ने हुन्छ । प्रथम चरणका प्रतियोगीले इन्द्रेणी थिएटरको वेबसाइट www. indrenitheater.com.np मा यही फागुन २५ गतेसम्म दर्ता गरिसक्नु पर्ने बताइएको छ ।
प्रथम चरणमा एक प्रतियोगीले एक मात्र चित्र र जुनसुकै रंग, मसी, कलम वा ब्रस (कुची) ले बनाउन सकिने छ । प्रतियोगीले आफ्नो नामथर, ठेगना, जन्ममिति, सम्पर्क, इमेल विद्यालयको नाम, ठेगना, कक्षा, रोल नं र विथार्थी परिचय पत्रको दुबैतर्फको फोटो र चित्रको फोटो खिचेर पठाउनुपर्ने छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ९ हजार, ६ हजार , ३ हजार र १ हजार नगद पुरस्कार स्वरुप प्रदान गरिने बताइएको छ । पहिलो चरणका उत्कृष्ट १० प्रतियोगीलाई कार्यक्रमस्थलसम्म पुग्ने आउनेजाने र खानाको व्यवस्था गरिने जानकारी उक्त संस्थाले दिएको छ । आयोजकले आज पोखरामा पत्रकार सम्मेलेनको आयोजना गरि सो कुराको जानाकारी गराएको हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )