नेपालका प्रथम सहिद लखन थापामगरको जन्मजयन्ती आज (आइतबार) परेको छ । उहाँको जन्म गोरखाको सहिद लखन गाउँपालिका–८ मा भएको हो । उहाँको एक सय ४४ औं स्मृति दिवस जन्मस्थल गोरखामा विशेष कार्यक्रम गरेर मनाइएको छ । लखन थापामगर स्मृति प्रतिष्ठान र नेपाल मगर सङ्घको आयोजनामा देशभरि विविध कार्यक्रमको आयोजना गरिएको नेपाल मगर सङ्घले जनाएको छ ।
स्मृति दिवसका अवसरमा गत माघ २८ गतेदेखि विद्यालय स्तरीय खेलकुद कार्यक्रम, खुला दौडलगायतका कार्यक्रम गरिएको गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले बताए । जहानियाँ राणा शासनविरुद्ध आन्दोलन चलाएको भन्दै थापालाई १९३३ साल फागुन २ गते गोरखाको बुङ्कोटमा खिर्राको रुखमा झुन्ड्याएर हत्या गरिएको थियो ।
नेपाल सरकारले लखन थापामगरको बलिदान र योगदानको कदर गर्दै २०५६ सालमा शहीद घोषणा गरेको हो । तर २०७२ साल असोज ३ गते मात्रै औपचारिक रुपले नेपालको पहिलो शहीदको दर्जा प्राप्त भएको हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )