नेकपा ओली समूहले बुटवलको सिद्देश्वरी मावि प्राङ्गणमा गर्न लागेको आमसभामा झण्डा सजावटमा स्कुले बालबालिकाको प्रयोग भएको छ । स्कूल प्राङ्गणमा आयोजित आमसभाका लागि झण्डा टाँग्न र सजावट गर्न शुक्रबार बालबालिकाहरु प्रयोग भएका हुन् ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक बैकुण्ठ पाण्डेका अनुसार विद्यालय प्राङ्गणमा यस्ता आमसभा गर्नु नै गलत हो, दोस्रो कलिला बालबालिकाको प्रयोग त अपराध नै मानिन्छ । शुक्रबार विद्यालय समयपछि विद्यार्थीहरु आफै सो काममा सहभागी भएको बताइए पनि बालबालिकालाई काम गराउदा नकारात्मक संदेश प्रबाह हुने अभिभावकहरु बताउछन ।
माघ २३ गते काठमाडौंमा सम्पन्न ओली समूहको आमसभामा अपेक्षाकृत जनसहभागिता नभएपछि ओली समूहले तुलनात्मकरुपमा बलियो पकड भएको मानिने बुटवलमा शक्ति प्रदर्शन गर्न लागेको बताइएको छ । सो समूहका नेताहरुले बुटवलको आमसभा अहिलेसम्मकै ठूलो र ऐतिहासिक हुने दावी गर्दै आएका छन् ।
ओली समूहका लुुम्बिनी प्रदेश इन्चार्ज एवं मुुख्यमन्त्री शंकर पोखरेलले आमसभामा रुपन्देहीबाट एक लाख र अन्य जिल्लाबाट एक लाख गरी दुई लाख जनता उतार्ने दावी गर्नु भएको छ ।
अनलाइन खबरको सहयोगमा
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )