क्यानडा पठाउने भन्दै ठगी गरेको आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पर्वत मोदी गाउँपालिका ७ स्थायी घर भई पोखरा -३० शिसुवा बस्ने ३८ वर्षीय धिरज कुमार विश्वकर्मा पक्राउ परेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास कुमार हमालले जानकारी दिनुभयो ।
कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी लगायतका जिल्लाका ३३ जना व्यक्तिहरूलाई क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने नियतले रकम उठाएको भन्ने जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।
डिएसपी हमालका अनुसार विश्वकर्मा माथि आफू विगत लामो समय देखी विदेश बसेको र युरोप, क्यानडा, अमेरिका लगायतका देशहरूमा धेरै मानिसहरू रोजगारको लागि पठाइसकेको भन्ने विश्वास दिलाएर ३३ जना व्यक्तिहरूबाट ९० लाख ७१ हजार पाँच सय रुपैयाँ उठाइ ठगी गरेको आरोप लागेको छ ।
विश्वकर्माले पैसा उठाएका व्यक्तिहरूलाई विश्वासमा पार्नको लागि विभिन्न सहकारी संस्था र विकास बैङ्कहरूको चेक दिएको पाइएको डिएसपी हमालले जानकारी दिनुभयो ।
उनलाई यही माघ १३ गते पोखराको राम बजारबाट पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )