सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले सबै विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीका लागि प्राथमिकताका साथ दोस्रो चरणमा खोप कार्यक्रमको प्रबन्ध गर्न आग्रह गरेको छ ।
लामो समय पछी खुलेका विद्यालय भर्खरै तंग्रिने अवस्थामा छन् अझै पनि अभिभावक पूर्ण रुपमा ढुक्क हुन सकेका छैनन् । विद्यालय धेरै जमघट हुने ठाउ भएकोले दोश्रो चरणको खोप कार्यक्रममा विद्यालयलाइ प्राथमिकतामा पार्न आग्रह गरिएको हो ।
महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले आज जारी गर्नुभएको विज्ञप्तिमा लामो समयदेखि बन्द रहेका विद्यालय पुनः सञ्चालन हुन लागेकाले सम्पूर्ण विद्यार्थी, शिक्षक र कर्मचारीलाई खोपको कार्यक्रम मिलाउन आग्रह गरिएको हो । सो क्रममा महासङ्घले विद्यालय तहमा आवश्यक सहजीकरण गर्ने पनि जनाइएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )