बागलुङ / एकता सहकारी संस्था, बागलुङको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ध्रुबप्रसाद शर्माको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका सचिव महेशचन्द्र प्रधानले प्रगति प्रतिबेदन तथा आ.व ०७७/७८ को प्रस्तावित कार्यक्रम कोषाध्यक्ष सुरेन्द्रजंग राजभण्डारीले आ.व ०७६/७७ को आर्थिक प्रगति प्रतिबेदन तथा आ.व ०७७/७८को अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो । संस्थाले आ.व ०७६/७७ मा ९४ करोड ८४ लाख ९३ हजार २५७ पैसा २३ को कारोबार गरेको थियो ।
८ सय ८१ जना सदस्य रहेको संस्थाको शेयर पूँजी ७ करोड ३६ लाख ८२ हजार रहेको छ । त्यस्तै विभिन्न कोषहरुमा ३ करोड ५ लाख २२ हजार १ सय रुपैयाँ रहेको छ । त्यस्तै संस्थाले २३ करोड ९५ लाख ४४ हजार निक्षेप संकलन गरी २१ करोड ७२ लाख २० हजार लगानी गर्न सफल भएको थियो । संस्थाको कुल सम्पत्ति ३५ करोड ६४ लाख २८ हजार रहेको छ । संस्थाले गत आर्थिक वर्षमा ७६ लाख २४ हजार नाफा आर्जन गरेको छ ।
चालु आर्थिक वर्षमा १ अर्ब ३४ करोड ४७ कारोबार गर्ने र १ करोड ७७ लाख ६४ हजार नाफा कमाउने लक्ष्य संस्थाले राखेको छ ।
साधारण सभाको सञ्चालन संस्थाका सचिव महेशचन्द्र प्रधानले गर्नुभएको थियो भने उद्घाटन संस्थाका संरक्षण देबबहादुर श्रेष्ठले गर्नुभएको थियो ।
संस्थाका सञ्चालक एवं शिक्षा उपसमिति संयोजक महेन्द्रप्रसाद कडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तै बागलुङ बहुउद्देश्यिय सहकारी संस्था लि. बागलुङका अध्यक्ष अशोक गोबिन्द राजभण्डारीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )