गएको चैत महिना संगै यस्तो सन्त्रास छायो कि अव मान्छेको जीवन यत्तिकै हो। संसारभर फैलिरहेको कोरोना भाइरसका कारण हरेक देशले धमा-धम लकडाउन गर्न थाले । नेपालमा पनि एस इ इ शुरु हुहुनै लाग्दा लकडाउन भयो ।
यो शब्द पहिला कतै सुनिएको थिएन । सबै घरमा थुनिएर बसेका ति दिन र त्यो अवस्था अहिले सम्झदा अचम्म लाग्छ । बजार सुनसान छ, मान्छेहरु घरको घरमै, छेउमा जानु परे वाल्लो घर र पल्लोघरमा पनि आवत जावत भएन । बजारमा क्लोरिन पानि छरेर किटाणु मार्ने अभियान पनि चल्यो ।
त्रास यति सम्म भयो कि बजारबाट किनेर ल्याएको तरकारी समेत २४ घण्टा सम्म पानीमा भिजाएर खाने अवस्था आयो । जुन दिन नेपालमा पहिलो संक्रमित भेटियो भनेर समाचार आयो अनि सवै तिर यस्तो सन्त्रास मच्चियो कि अव मर्ने भइयो …….
त्यस्ता त्रासमय दिन व्यतित गर्दै आज हामी अर्कै खुसीमा छौं आज बात भारत सरकारले सहयोग स्वरूप उपलब्ध गराएको कोरोना विरुद्दको खोप फ्रन्ट लाइनका कर्मचारीहरुलाइ लगाउदै शुभारम्भ भएको छ । यो खोप अभियानले साचिकै खुसि ल्याएको छ ।
त्यो बेलाको कहाली लाग्दो अवस्थालाई बिर्साइदिएको छ आशा गरौँ सवै नेपाली ले खोप लगाउन पाइने छ ।
त्रासका ति दिन :-
खुसीका यी दिन : –
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )