नेपाल, भारतसहित एसियाका केही देशमा दर्शनभेटका क्रममा दुई हात जोडेर ‘नमस्कार’ गर्ने चलन छ, जुन पूर्वीय संस्कृति हो । मध्यपूर्वका मानिस एकअर्काको हात चुमेर अभिवादन गर्छन् । हात मिलाउने परम्पराचाहिँ युनानबाट सुरु भएको बताइन्छ । तर, कोरोना प्रकोपका कारण हात मिलाउन छोडिएको छ र अभिबादन गर्न हात मिलाउने तरिकामा फेरबदल भएको छ ।
डिसेम्बर २०१९ तिर चीनबाट फैलिएको कोभिड–१९ विश्वभर फैलिँदै जाँदा मानव व्यवहारमा सबैभन्दा पहिला देखिएको परिवर्तन हो यो । सयौँ वर्षअघि यूनानबाट सुरु भएको ‘ह्याण्डसेक’ अपवादबाहेक विश्वका भिन्नभिन्न संस्कृति मान्ने देशमा अभिवादनको सबैभन्दा प्रचलित तरिका बनेको छ । तर, ‘ह्याण्डसेक’ समेत कोरोना सर्नसक्ने एउटा कारण बनेपछि मानिसहरू डराउन थाले, हात मिलाउनुको साटो नमस्कार गर्ने, हात जाेड्नै परे पनि नयाँ तरिकाले गर्न थाले ।
राणाकालीन समयमा अंग्रेजहरूको नेपाल आगमनसँगै हात मिलाउने चलन सुरु भएको बताइन्छ । खासगरी नयाँ पुस्तामा अपरिचित होस् वा चिनजानकै मित्र, अग्रजसँग भेट हुँदा हात मिलाउनु आम कुरा भइसकेको छ । नेपालीको व्यवहारमा घुलमिल भएको यो युनानी परम्परालाई कोरोनाले परिमार्जन गरिदिएको छ ।
हिजोआज मुट्ठी ठोकाएर आपसमा अभिवादन प्रकट गर्न थालिएको छ। पहिला आपसमा दाहिने हातको पञ्जा फुकाएर मिलाइन्थ्यो भने अहिले मुट्ठी पारेर त्यसको पछाडिको भाग ठोकाउन थालिएको छ ।
कोरोना सर्छ भनेर हात मिलाउन छाडिएको थियो तर त्यसको विकल्प मुट्ठी ठोकाउन थालियो । कोरोनाविरुद्धको भ्याक्सिन बनेको समाचार सार्वजनिक भएसँगै विस्तारै पुरानै तरिकाले हात मिलाउन थालिएको छ ।
श्रोत : शिलापत्र
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )