समाजकल्याण प्राथमिक विद्यालय जलजला – २ मा दोश्रो गोरख स्मृति दिवस मनाइएको छ । जलजला २ निवासी विद्यालयका पुर्व शिक्षक लक्ष्मी केसीले आफ्ना दिवंगत ससुरा गोरख बहादुर लामीछानेको स्मृतिमा विद्यालयमा ५० हजारको अक्षय कोष स्थापना गर्नु भएको हो ।
माघ ८ गते सम्पन भएको कार्यक्रममा अक्षय कोषको ब्याजबाट विद्यालयमा कक्षा २ मा अध्ययनरत अभिभावक बिहिन सनिसा नेपालीलाई अक्षय कोषका संस्थापक लक्ष्मी केसीले न्यानो कपडा झोला जुत्ता लगायत स्टेसनरी सामग्री र जेहेन्दार विद्यार्थिको लागी शैक्षिक सामाग्री प्रदान गरिएको गर्नु भएको हो ।
कार्यक्रम कोषका अध्यक्ष एवं विद्यालय ब्यबस्थापन समितिका सदस्य दलबीर नेपाली को अध्यक्षता, जलजला गाउन्पालिका वडा नम्बर २ का वडा सदस्य प्रकाश जिसीको प्रमुख आतिथ्यथा, विद्यालयका प्रधानाध्यापक डम्बर जिसीको स्वागत र शिक्षक इन्द्र बिकको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका पुर्व अध्यक्ष गोरे नेपाली, पुर्व प्राधानाध्यापक ओम बहादुर जिसी, कोषका संस्थापक लक्ष्मी केसी लामीछानेले मंतव्य राखेका थिए ।
आज नै विद्यालयको प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकासन पुरस्कार वितरण तथा अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक डम्बर जिसीले बताएका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )