इलाममा नेकपा प्रचण्ड-माधव समूहको भेलामा गाउँपालिका अध्यक्षले उर्दी जारी गरेर शिक्षक-शिक्षिकालाई विद्यालय पोशाकमै भेलामा उतारेका छन् ।
शिक्षक आचार संहितालाई बेवास्ता गर्दै उनीहरु राजनीतिक कार्यक्रममा सहभागी भएका हुन । भेलामा सहभागी एक पत्रकारका अनुसार माइजोगमाइ गाउँपालिकाको नयाँबजारमा भएको भेलामा सरकारी बिद्यालयका शिक्षकहरु पोशाकमा नै सहभागी थिए ।
ज्ञानोदय माबि जोगमाइ, अमरकल्याण माबि नयाँबजार, शिवमाई माविका शिक्षकहरु विद्यालयमा संचालित परीक्षा छाडेर लाइन लागेर भेलामा पुगेका हुन । नयाँबजारको पाँचथर होटलमा सोमबार सम्पन्न भेलामा शिक्षकहरुले सहभागिता जनाएका हुन ।
पार्टीको शिक्षक संगठनका तर्फबाट सहभागिता जनाउन गाउँपालिका अध्यक्षले नै उर्दी जारी गरेपछि पोशाकमा सजिएका शिक्षक-शिक्षिकाहरु कार्यक्रममा पुगेको बताएका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )