जलजला २ जयाले स्थित राम मन्दिर सेवा आश्रमको नया कार्यसमिति चयन भएको छ । राष्ट्रिय परोपकार महासंघ नेपाल द्वारा संरक्षित श्री राम मन्दिर सेवा आश्रम जयाले पर्वतमा ईन्द्र बरुवालको संयोजकत्वमा नया कार्य समिति चयन चयन भएको हो । आज भएको भेलाले बरुवालको अध्यक्षतामा नया कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा मनिषा पुन श्रेष्ठ, सचिवमा चिरिन्जीवी आचार्य, सहसचिवमा हिराबहादुर बरुवाल, कोसाध्यक्षमा बम बहादुर बरुवाल, सदस्यहरुमा जौमया गर्बुजा, बम बहादुर बिश्वकर्मा, प्रकाश जिसी, ओम बहादुर खत्री, सुर्यबहादुर जिसी, मंजु बरुवाल लगायात रहेको सदस्य प्रकास जिसीले बताउनुभयो । नव निर्वाचित कार्य समितिले गत वर्ष कालिगण्डकी नदिमा बढीले तहस नहस पारेको मन्दिरको कटानलाइ रोक्न पहल गरिने छ । नया कार्य समितिको अव बस्ने बैठकले मन्दिरको पूर्वाधार बिकास संरक्षण लगायतका बिसयमा बृहत छलफल गर्ने सदस्य प्रकास जिसीले बताउनु भएको छ । जयालेमा अवस्थित राम मन्दिर यस क्षेत्रकै धार्मिक महत्व बोकेको स्थलको रुपमा परिचित छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )