जापानको भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको छ । समुद्री तटीय क्षेत्रमा भएको सो घटनामा थुप्रै घाइते समेत भएको जापानी उद्धारकर्मीहरुले जनाएका छन् । उक्त घटनामा परेर २५० भन्दा बढी व्यक्ति घाइते भएका हुन् ।
यस्तै, नीगाता प्रिफेक्चरमा पनि हिउँ फाल्नेक्रममा चार जनाको मृत्यु भएको छ । हिमपातले सर्वाधिक प्रभाव परेका तीनवटा प्रिफेक्चरमा मानिसको उद्धार र सहायताका लागि जापानी सेनालाई पनि परिचालन गरिएको छ ।
हिमपातका कारण सो क्षेत्रमा सडक यातायात पनि नराम्रोसँग प्रभावित भएको छ । होकुरिकु द्रुतमार्गमा एक हजार २०० भन्दा बढी सवारीसाधन अलपत्र परेका छन् ।
जापानको मौसम विभाग (जेएमए) ले प्रशान्त महासागरतर्फको पूर्वी क्षेत्रमा मङ्गलबारसम्म हिमपात हुने जनाएको छ । मंगलबार साँझसम्म पहाडी इलाकामा २० सेन्टिमिटरसम्म हिउँ पर्ने जेएमएले बताएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )