NSJF पल्सर अवार्ड अन्तर्गत पिपल्स चोइस अन्तरगतको पुरस्कार राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान म्याग्दीकी चेली अरुणा साहीले जितेकी छिन । फाईनलमा पुगेका ५ जना मध्ये सबै भन्दा भोट लाइक प्राप्त गर्दै उनले यो उपाधि जितेकी हुन् ।
आज भएको घोषणा कार्यक्रममा उनलाई यो पुरस्कार प्रदान गरिएको हो । उनलाई पल्सर मोटरसाइकल र थुप्रै गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
अरुणाले पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीलाई पछि पारेकी हुन् । २७ वर्षिया अरुणाले ३७.५२५ प्रतिशत मत प्राप्त गरिन् । अरुणाले ईसेवा भोटबाट एक लाख ९४ हजार ७४७ मत पाएकी थिइन्।
म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ राखुमा जन्मिएकि साहिको कप्तानीमा नेपालले गत वर्ष बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो।
नेपाली महिला भलिबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेको यो नै पहिलो उपाधि हो।
उनले पुरस्कार ग्रहण गर्दै नेपाल भलिबल संघ , ज्ञानुबाबा स्कुल पोखरा , म्याग्दीबासी र खेल प्रेमी सबैलाई धन्यबाद दिएकी छिन ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )