पोखराबाट प्रहरीले ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५७ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी घर भई पोखरा महानगरपालिका–२६ चापाचौर बस्ने पुर्ण बहादुर थापा रहेका छन् ।
पुर्ण बहादुरले शनिवार आफ्नो डेरा नजिकै बस्ने बालिकालाई कोही नभएको मौका पारेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी जिवन श्रेष्ठले बताए ।
बलात्कार आरोपी थापा पोखरामा ज्याला मजदुरी गर्थे । प्रहरीले उनलाई अदालतबाट जबर्जस्ती करणी मुद्धामा म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।
बालिकामाथि कुन हदसम्म दुव्र्यवहार भएको हो भन्नेबारे पीडितका आमाबुबासँग राखेर सोधपुछ गरिने एसपी श्रेष्ठले बताए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )