जलजला गाउपालिका वडा नम्बर ३ मा आवधिक पंच वर्षीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । वडा नं ३ का जनप्रतिनिधि वुद्दिजिवी, स्थानीय युवा क्लव, आमा समूह जातीय, संघ संगठनका प्रतिनिधि लगायत स्थानीय अगुवाहरुको कार्यक्रममा उपस्थिति थियो । कार्यक्रमको सहजीकरण कृष्ण पौडलले गर्नु भएको हो । उहाँले जति धेरै समय योजनामा खर्च गर्न सक्यो त्यति राम्रो योजनाको ढांचा तयार गर्न सकिने र जति राम्रो योजनाको ढाचा तयार गर्न सक्यो योजना सफल हुने बताउनु भयो ।
कार्यक्रममा सहभागीहरुले उठाएका बिकास निर्माणका पुर्बधार, शिक्षा, स्वास्थ्य रोजगारी, सामाजिक शुरक्षा शुशासन, वातावरणीय अवस्था र मुल्यांकन लगायतका विषयलाइ प्राथमिकता राख्न सुझाव दिएको थियो । कार्यक्रममा वडा नम्बर ३ पर्बतको दोश्रो व्यापारिक केन्द्र पर्बत बेनी र तीव्र सहरीकरण भैरहेको जलजलाको बौर क्षेत्र समेटिएकोले समग्र पक्षलाई समेट्नु पर्नेमा जोड दिएको थियो ।
कार्यक्रममा राजनीतिज्ञ लाल बहादुर अधिकारीले वडा नम्बर ३ मा धेरै पूर्वाधार विकास भैसकेको र अन्य वडाको तुलनामा यहाँ सहरीकरण र अन्यत्रबाट बसाई सरि गरि आउनेको संख्या तीव्र रहेकोले त्यसका लागि समेत दिर्घकालिन पूर्वाधार तयार गर्न सुझाव दिनु भएको थियो । कार्यक्रम वडा नम्बर ३ का अध्यक्ष देबेन्द्र बहादुर भण्डारीको अध्यक्षमा सम्पन भएको हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )