नर्वेमा पहिरोका कारण कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु नौ जना बेपत्ता भएका छन् ।राजधानी ओस्लोदेखि २५ किलोमिटर टाढा रहेको पहाडी क्षेत्र आस्कमा मंगलबार राति पहिरो गएको अधिकारीहरुले जनाएका छन् ।
पहिरोका कारण मानवीय क्षतीसँगे भौतिक संरचनामा पनि ठूलो क्षति भएको छ । घर तथा अन्य भवनहरु समेत नष्ट भएको छ । ‘पहिरो गएको ठाउँबाट एक जनाको शव निकालिएको छ भने अरु बेपत्ता भएकाहरुको खोजी भइरहेको छ,’ एक प्रहरी अधिकारीले भने ।
घटनास्थलमा हिँउ परिरहेकाले खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको घटनास्थलमा खटिएकाहरुले बताएका छन् । प्रहरीले केही दिनअगाडि नै पहिरोमा परी कुल १० जना बेपत्ता भएको जनाएको थियो । बेपत्ता भएकामध्ये आठ जना वयस्क उमेरका रहेका छन भने एक जना दुई वर्षको रहेका छन् । नर्वेका सञ्चार माध्यमहरुले उनीहरुको खोजी तथा उद्धारका लागि हेलिकोप्टर र एम्बुलेन्सहरु परिचालन गरिएको जनाएका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )