पछिल्ला दिनहरुमा नेपाली राजनीतिमा भूकम्पबाट पूर्ण रूपमा क्षति भएपछि निर्माण भइरहेको नयाँ धरहराको चर्चा भइरहेको छ । बैशाख १२ को भूकम्पपछि भत्केको धरहरा निर्माण सम्पन्न हुँदैछ । अहिलेसम्म २०औँ तलाको काम सम्पन्न भएको छ । उपत्यका अवलोकन गर्न यो बीसौं तलामा बार्दली बन्ने छ ।
धरहरा निर्माणको भौतिक प्रगति ९० प्रतिशत र धरहरा पुनर्निर्माण आयोजनाको कुल भौतिक प्रगति र आर्थिक प्रगति ५० प्रतिशत भन्दा धेरै रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । भुइँतलासहित २४ तलाको धरहरा निर्माण भइरहेको छ । त्यहाँ ‘मिन्ट’ र ‘अर्थक्वेक’ सङ्ग्रहालयको जग निर्माणको आधा काम भइसकेको छ ।
अहिलेसम्म तीन अर्ब ४८ करोड रुपैयाँमध्ये एक अर्ब ५५ करोड रुपैयाँ खर्च भइसकेको र करिब छ सय मोटरसाइकल र चार सय गाडी पार्किङ गर्न मिल्ने गरी निर्माणाधीन पार्किङको आधा काम सम्पन्न भइसकेको जानकारी दिइएको छ ।
दुई वर्षभित्र सम्पन्न गर्ने गरी धरहरा निर्माणका लागि प्राधिकरण र निर्माण कम्पनीबीच २०७५ असोज १४ गते सम्झौता भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष पुस १२ गते धरहरा निर्माणको शिलान्यास गर्नुभएको थियो । जीआई ईटीसी र रमन कन्स्ट्रक्सन कम्पनी (जेभी) ले धरहरा निर्माणको जिम्मा पाएका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )