राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । कोरोना भाइरसका कारण होम सेन्टरबाट नै परीक्षा लिएको बोर्डले नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।
उत्तरपुस्तिका परीक्षणको काम सकिएको र अहिले नम्बर इन्ट्रीको काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताउनुभएको छ उहाँले इन्ट्री सकिए पछी तुरुन्तै नतिजा सार्वजनिक गर्ने बताउनु भयो ।
गत ८ वैशाखका लागि तोकिएको परीक्षा कोरोनाका कारण स्थगित भएको परीक्षा गत ९ मंसिरदेखि १६ सम्म सञ्चालन भएको थियो ।
परीक्षामा नियमित र आंशिक गरी ४ लाख ३ हजार १ सय ८० विद्यार्थी ससहभागी भएका थिए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )