जलजला गाउँपालिका पर्बतमा धौलागिरि मै पहिलो पटक भू-सेवा केन्द्र स्थापना भएको छ। स्थानीय तहबाट जनतालाई लिखित पारित,अंशवण्डा,राजिनामा, नामसारी लगायत जग्गा प्रशासन सम्ब्न्धि कामका लागि मालपोत कार्यालयमा पेश गर्नुपर्ने निवेदन र लिखत गाउँपालिकाबाट उपलब्ध हुने गरी सेवा केन्द्र स्थापनाको शुभारम्भ गरिएको हो ।
भू-सेवा केन्द्रको उद्घटन गर्दै गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले सदरमुकाम कुस्मामा रहेका कार्यालयबाट प्रदान हुने सेवाहरु विस्तारै गाउँपालिकाबाटै जनतालाई उपलब्ध गराउन लागिपरेको बताए ।
कार्यालय स्थापना भएपछि मालपोत कार्यालयमा व्यक्ति तथा कानुन व्यवसायीमार्फत हुने भू-सेवाको काम स्थानीयतहबाटै हुने भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । उनले केन्द्रवाट उपलब्ध गराइने सेवासुविधाका बारेमा वडा कार्यालयमा समेत आवश्यक कागजपत्र सहित विवरण जनप्रतिनिधिमार्फत जानकारी लिन सकिने बताए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )